Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
नायक भूवन केसी अमेरिकाबाट केही दिन अगाडि मात्र फर्किएका छन् । चलचित्र ‘ड्रिम्स’ शोका लागि अमेरिका पुगेका भूवनले घुमफिर रमाइलो भएको सुनाए । पाइरेसी भएका कारण चलचित्र हेर्न हलसम्म दर्शक उल्लेख्य नआएको पनि उनको भनाई थियो ।
भूवन अमेरिकामा रहँदा उनले निर्माता सुवास गिरीसँग मिलेर बनाउन लागेको चलचित्र ‘कृ’का लागि नायिका छनोट गरिएको थियो । निर्माता सुवास गिरी, निर्देशक सुरेन्द्र पौडेलले चर्चित मोडल अदिती वुढाथोकीलाई नायिकाको रुपमा अनुवन्धित गरेका थिए ।
अमेरिकाबाट आएपछि नायक भूवन केसीले अदिती वुढाथोकीलाई ‘बोल्ड’ भनेर प्रशंसा गरेका छन् । पाँचौ चलचित्रमा पनि अनमोल केसीले नयाँ नायिकासँग नै काम गर्दैछन् । भूवन अनमोलसँग अदितीको जोडी जम्नेमा विश्वस्त देखिए । साथै उनले अदितीले चलचित्र क्षेत्रमा नयाँ स्थान बनाउनेमा विश्वस्त रहेको समेत बताए ।
सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को सहकार्यमा यो चलचित्र बन्दैछ, जसको छायांकन माघबाट सुरु हुनेछ ।

Leave a Reply

%d bloggers like this: