Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
भाद्र ३ गते प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र “वीर विक्रम” टिमले आफ्नो प्रोमोशन निकै आक्रामक बनाउदै लगिरहेको छ | यसै बीच आज श्रावण २९ गते शनिबारका दिन दरबारमार्ग स्थित भिकट्री लंजमा टेलर ग्यांग संगको सहकार्यमा डान्स पार्टी योजना गर्दैछ | चलचित्रले यस कार्यक्रमलाई आफ्नो प्रोमोशनको अर्को पाटो मानेको छ | यस्तै कार्यक्रममा चलचित्रकी नायिका दिया पुन , अर्पण थापा , अनुप विक्रम शाही लगाएतका कलाकारको उपस्थिति रहने कुरा चलचित्र “वीर विक्रम” टिमले जानकारी दिएको छ | यसै गरि चलचित्र “वीर विक्रम” का निर्माता तथा निर्देशक मिलन चाम्स र डिसट्रीब्यूटर गोबिन्द शाहीको पनि उपस्थिथि हुनेछ |
bir-bikram
कार्यक्रमलाई कार्ल्सबर्ग बियरले प्रायोजन गरेको छ भने मिडिया पार्टनर क्लबमान्डू र मनोरंजनसंसार डटकम रहेका छन् | कार्यक्रमलाई भब्य र सभ्य बनाउने र धेरै दर्शकहरुसंग प्रतक्ष रुपमा कुराकानी गरि प्रतिक्रिया बटुल्ने कुरा निर्देशक तथा निर्माता मिलन चाम्सले बताउनु भएको छ भने सम्पूर्ण दर्शकहरुलाई कार्यक्रममा उपस्थितिको लागि उनले आग्रह समेत गरेका छन् | त्यसैले सबै दर्शकहरु आज दरबारमार्ग स्थित भिकट्री लंजमा जानुहोस र “वीर विक्रम” टिम संग संगै भएर रमाइलो गर्ने मौकाको फाइदा उठाउनुहोस |

Leave a Reply

%d bloggers like this: