Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
पुराना स्टार बिराज भट्टको कमब्याक फिल्मको ओपनिङ विजनेस कस्तो रह्यो, धेरै दर्शक सुभचिन्तकहरुको कौतुहलताको विषय हुनसक्छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन सुखद ओपनिङ गरेको छ ।
फिल्मको शुक्रबार राजधानी र मोफसलको औसत अकुपेन्सी ४० प्रतिशत आसपास पाईएको छ ।
वितरक सुनिल मानन्धरले मोफसलमा भन्दा पनि राजधानीको विजनेस पहिलो दिन केहि माथी रहेको बताए ।
शनिबारको बिहानी शो ले फिल्मप्रति अनि बिराज भट्ट प्रति दर्शकको पर्खाई कस्तो छ, त्यसको निर्धारण गर्नेछ ।
रोज राणाको निर्माण निर्देशक रहेको फिल्ममा बिराजसँगै निशा अधिकारी र रविन तामाङ लिड रोलमा छन् ।

Leave a Reply

%d bloggers like this: