Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
karkhana
विहे मण्डपबाट भागेकी एक नारीले भोग्नु परेको जीवन भोगाईको कथा समेट्दै फिल्म ‘कारखाना’ बन्ने भएको छ । फिल्मको बिहिबार राजधानीमा मुहर्त गर्दै छायाँकन पनि सुरु गरियो ।
अमरद्विप सापकोटाको लेखन तथा निर्देशनमा बन्दै गरेको फिल्ममा सुशिल श्रेष्ठ, वर्षा शिवाकोटी, जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायत लिड अभिनयमा हुनेछन् ।
दयाराम दाहाल, सुशिल पोख्रेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको फिल्मलाई निरज कंडेलले खिच्दैछन् भने निर्मातामा सुदिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्का रहेका छन् |
चन्द्र पन्तको द्वन्द्व समावेश हुने फिल्ममा हर्कुलस बस्नेत र अनिल शाहीको संगीत , कविराज गहतराजको नृत्य रहनेछ ।

Leave a Reply

%d bloggers like this: