Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
‘नाई नभन्नु ल ४’ डेब्यू अभिनेता पल शाह दोश्रो फिल्ममा देखिने पक्का भएको छ । लभ स्टोरी फिल्ममा देखिएका चर्चित मोडल पल अब एक्शन अबतारमा देखिने भएका हुन् । पलले दोश्रो फिल्ममा पनि आँचल शर्मा सँगै रोमान्स गर्नेछन् ।
बुधबार राजधानी आयोजित कार्यक्रममा पल र आँचल अनस्कृन रोमान्समा रहनेगरी एक्शन फिल्मको घोषणा गरियो । फिल्मलाई नितिन चन्दले निर्देशन गर्नेछन् । फिल्मकै लागी पछिल्लो केहि हप्ता यता मार्सल आर्ट्सको कक्षा लिईरहेको पलले बताए ।
त्यस्तै आँचलले पनि ‘नाई नभन्नु ल ४’ मा आफ्नो तर्फबाट सत प्रतिशत राम्रो गर्ने प्रयास गरेको भन्दै यो फिल्ममा २ सय प्रतिशत राम्रोको लागी लाग्ने दाबी गरिन् ।
योर स्टाईल को व्यानरमा बन्ने फिल्ममा एन्ड्रीयू पौडेलको लगानी रहनेछ भने एक्शन प्रधान फिल्ममा एक्शन निर्देशकमा पारसविक्रम शाह रहनेछन् ।

Leave a Reply

%d bloggers like this: