Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
वलिउड वक्सअफिस किङ सलमान खानको पछिल्लो रिलिज फिल्म सुल्तानले प्रदर्शनको २९ औं दिनमा आउँदा पनि आफ्नो विजनेसलाई निरन्तरता दिईरहेको छ । हालसम्मको विजनेसले ‘सुल्तान’ ३ सय करोड विजनेस गर्ने सलमाको दोश्रो फिल्म बन्ने संभावना बढेर गएको छ ।
फिल्मले २९ औं दिनमा ३४ लाखको विजनेस गर्दा हालसम्मको विजनेस २ सय ९७ करोड ९० लाख पुगेको छ । ३ सय करोड पुग्नमा अब २ करोड १० लाखको विजनेस बाँकी हुँदा आउँदो आईतबार भारतमा पर्ने सार्वजनिक विदाको दिनको विजनेसले लाई मुख्य हतियार मानिएको छ ।
गत शुक्रबार ‘ढिसुम’ रिलिजपछि केहि गिराउट आएको सुल्तान विजनेसमा २९ औं दिनमा ३४ लाख आउनुलाइ पनि उत्कृष्ट भनिएको छ । अलिअब्बर जफार निर्देशित फिल्मले स्पोर्ट्स ड्रामा बोल्छ । फिल्ममा सलमान र अनुष्का शर्मा लिड रोलमा छन् ।

Leave a Reply

%d bloggers like this: