Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
suman-magar
suman-magar
नेपाली गीत संगीत क्षत्रमा अहिले नव कलाकारहरुको आगमन निकै तिब्र हुने थालेको छ | अहिले बर्तमान अवस्थामा निकै राम्रो प्रतिभाहरु नेपाली सांगीतिक आकाशमा प्रवेश गर्न थालेका छन् | यसै बीच आफ्नो पहिलो पाईला स्वरुप आफ्नो गीत “अधुरै रहे” को साथमा सम्पूर्ण दर्शक माझ प्रस्तुत भएका छन् | देश बाट टाढा रहेर पनि यस नेपाली गीत संगीतको खुल्ला आकाशमा केहि गर्छु भनेर आफ्नो पहिलो पाईला अगाडी बढाऊदै छन् नव गाएक सुमन मगर | आफ्नो धेरै बर्षको लगनशीलता गीत संगीत प्रतिको लगाव र आस्थालाई उनले निकै सरल र सहज रुपमा दर्शकहरु माझ प्रस्तुत गर्ने प्रयास गरेका छन् |
suman-magar
उनको यस गीतमा शब्द तिर्थ चामलिंगको र संगीत सुमन राईको रहेको छ | उनको यस गीतमा उनले स्वयम आफ्नो सुमधुर स्वर भरेका छन् | गीत आधुनिक शैलीमा बनेको र नेपाली दर्शकहरुको टेस्टलाई मध्य नजरमा राखेर तयार पारिएको कुरा गाएक सुमन राईले जानकारी दिनु भएको छ | उनले दर्शकहरु सम्क्ष आफ्नो कमि कमजोरी हरुलाई औल्याई सल्लहा सुझाब प्रदान गरि हौसला दिनुहुन आग्रह समेत गरेका छन् | साथसाथै उनले सम्पूर्ण दर्शकहरु माझ नेपाली गीत संगीतलाई माया र सम्मान गरि सधै हेरिदिनुस र सुनिदिनुस भनि बिन्ति समेत बिसाएका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: