Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
देशका ७५ वटै जिल्लामा बुद्धको मूर्ति बनाउने अभियान थालेको ‘बुद्ध मी एण्ड नेपाल’ले आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले सांगीतिक तथा मनोरञ्जन साँझ आयोजना गरेको छ। भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोकबाट १०० फिट अग्लो मूर्ति तथा शिक्षालय स्थापनाबाट सुरु हुने अभियानअन्तर्गत शुक्रबार साँझ राजधानीमा सांगीतिक साँझ आयोजना गरिएको हो।
कोमल वलीको ‘पोई चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो’ सुरु भएको कार्यक्रममा चर्चित हास्य कलाकारहरु किरण के.सी, शिवहरि पौड्याल र सविता गुरुङले प्रहसनबाट मनोरञ्जन दिए। दीपकराज गिरी र दीपाश्री निरौलाले पनि हँसाउन कुनै कसर बाँकी राखेनन्।
सुरेन्द्र के.सी.र शिव शंकर रिजालले पनि प्रहसनबाटै गौतम बुद्धको जन्म स्थान र संस्थाको उद्देश्यबारे जानकारी दिए। कार्यक्रममा शंकर वि.सी. र पार्वती राई, अभिनेता सुशिल क्षेत्री र अभिनेत्री जेनी कुँवरको जोडीले नृत्य प्रस्तुत गरेको थियो।
गायकद्वय डिजराज पौडेल र राजेशपायल राईले आफ्ना चर्चित गीत सुनाएका थिए भने मनोज आचार्य र विल्सनविक्रम राईले कार्यक्रम चलाएर पनि भरपुर मनोरञ्जन दिए।

Leave a Reply

%d bloggers like this: