Thu. May 16th, 2024

मनोरंजनसंसार डटकम
susan-samsohang-limbu
ताप्लेजुंग जन्म भएर १४ वर्षअघि नै धरानमा संगीतकर्मी ओमप्रकाश राईसंग संगीतको औपचारिक प्रशिक्षण लिएर सांगीतिक क्षेत्रमा उदाएका गायक सुसन साम्सोहाङ लिम्बुले दोश्रो एल्बम ‘सोल्टिनी’ बजारमा लिएर आएका छन् l गायक राजेशपायल राई, संगीतकार राजु सिंह, गायक सत्यराज आचार्य, व्यंग्यकार मनोज गजुरेल तथा एमाले नेता योगेश भट्टराईले एल्बम ‘सोल्टिनी’ को विमोचन गरेका छन् ।
susan-samsohang-limbu
तीन वर्षअघि पहिलो एल्बम ‘सुसन’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा डेब्यू गरेका सुसनको ‘सोल्टिनी’ एल्बममा पाँच वटा गीत समावेश रहेका छन् । एल्बमका गीतहरुमा हरी लम्साल, उत्तमराज लिम्बु, खेमराज गुरुङ, विक्रम थापा तथा उनि स्वयमको संगीत रहेको छ भने नरेश भट्टराई, उत्तमजंग थापा, खेमराज गुरुङ, सन्तोष मादेन तथा रमेश अधिकारीले एल्बमका गीतहरु रचना गरेका हुन् । एल्बममा समाबेश सम्पूर्ण गीत निकै नै राम्रो र सुमधुर रहेको र यसले सबैको मन छुने विश्वास गाएक सुसन साम्सोहाङ लिम्बु ब्यक्त गर्नु भएको छ | नेपाली गीत संगीतको बदलिदो अवस्थामा एक किसिमको नया आयाम थप्ने काम यस एल्बमले गर्ने कुरा पनि उनले उल्लेख गरेका छन् |
susan-samsohang-limbu
एल्बममा ‘सोल्टिनी’, ‘गाँसौं आज…’, ‘यो मीठो’, ‘बैंशको बेलामा’ तथा ‘हिमाल राम्रो’ शीर्षकका गीत समावेश छन् भने समारोहमा एल्बमको शीर्षक गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो प्रिमियर गरिएको थियो।
susan-samsohang-limbu
गायक सुसन लिम्बु भाषाका गीतहरुका लोकप्रिय गायक समेत हुन् । प्रमुख अतिथिको रुपमा गायक राजेशपायल राईले पनि गायक सुसनको गायनको प्रशंसा गर्दै थप मेहनत गर्ने सुझाव दिए । त्यस्तै चर्चित हास्य कलाकार मनोज गजुरेल तथा नेता योगेश भट्टराईले उनलाई एल्बमका गीतहरुको सफलताको शुभकामना दिए ।
susan-samsohang-limbu
एल्बम ‘सोल्टिनी’ लाई रुबुशा क्रिएसन वक्र्सले बजार व्यवस्थापन गरेको छ ।
susan-samsohang-limbu
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: