Fri. Apr 26th, 2024

साउन २८ गते रिलिजको तयारीमा रहेको विराज भट्टको प्रतिक्षित एक्सन फिल्म ‘जय परशुराम’को पहिलो गीत रिलिज भएको छ।
रिलिज भएको ‘म त हुन्छु जस्तो लाग्थेन मायामा यसरी पागल’ बोलको गीतमा विराज र अभिनेत्री निशा अधिकारीको अभिनय रहेको छ। सुन्दर सेटमा खिचिएको गीतको लागी मात्रै ६ लाख रुपैयाँ खर्चेको निर्माण युनिटको दाबी छ । गीतको भिडियोमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
दिपक लिम्बु तथा अन्जु पन्तले स्वर दिएको यस गीतलाई डा. कृष्णहरि बरालले लेखेका हुन्।रोज राणाको निर्देशकिय डेब्यू रहेको फिल्मबाट विराज भट्ट फेरी नेपाली फिल्ममा फर्किएका छन्।

रोज राणाको निर्माण तथा डेब्यू निर्देशन समावेश फिल्म यहि साउन २८ मा रिलिज हुँदैछ । फिल्ममा रविन तामाङ पनि लिड रोलमा छन् । सार्वजनिक टिजर तथा ट्रेलरले निकै आशा जगाएको फिल्म बर्षकै प्रतिच्छित मध्येको एक हो ।

Leave a Reply

%d bloggers like this: