Thu. Apr 25th, 2024

मनोरंजन संसार डटकम
suntalilai-bhagai-lagyo-jhilkele
श्रावण २१ गते प्रदर्शन मिति तोकेको चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले” एक कार्यक्रम बीच काव्रेमा च्यारिटी शो गरेको छ | चलचित्र हेर्न थुप्रै दर्शकको भिड थियो | चलचित्रलाई त्यहाँ अत्याधिक रुपमा मनपराईएको छ | चलचित्रको निकै नै प्रशंसा समेत भएको छ | काव्रेका बासिन्दाहरुले “सुन्तलीलाई भगाई लग्यो झिल्केले” को टिमलाई बाजा गाजा सहित फुल माला लगाएर अबिर टिका सहित गाउ परिक्रमा गरि भब्य स्वागत गरेका छन् | चलचित्र निकै नै राम्रो बनेको र नेपाली परिबेशमा मनोरंजननाथ्मक बनेको प्रतिक्रिया त्यहाँका दर्शकहरुले दिएका थिए | निर्देशक ऋषि राज आचार्यको कामको त्यहाँ निकै प्रशंसा भएको थियो भने यस्तै चलचित्र अझै बनाउन सल्लहा सुझाब त्यहाँका दर्शकहरुले उनलाई दिएका थिए |
suntalilai-bhagai-lagyo-jhilkele
चलचित्रमा सुन्तलीको भूमिकामा कलाकार सुरजनी केसी र झिल्केको रोलमा कलाकार सुशील सिटौलाले अभिनय गरेका छन् । रीजा भुषाल र सुशान्त कार्की फिल्मका अर्का मुख्य कलाकार हुन् । चलचित्रका कलाकारहरुको पनि त्यहाँ निकै चर्चा परिचर्चा भएको थियो | आफुहरुलाई दर्शकहरुले दिएको यस किसिमको सम्मानको मनबाट कदर गर्ने र अझै यो भन्दा पनि उत्कृष्ट र मनोरंजननाथ्मक चलचित्र प्रतिबद्धता निर्देशक ऋषि राज आचार्यले जनाएका छन् |
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: