Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘सुल्तान’ले प्रदर्शनको २० दिन पुग्दा विश्वब्यापी विजनेसलाई ५ सय ५८ करोड पुर्याएको छ । फिल्मले हालसम्म भारतमा मात्रै ४ सय ६ करोड ४९ लाख ग्रस विजनेस गरिसकेको छ ।
भारतबाहिर फिल्मले अहिलेसम्म १ सय ५१ करोड ९५ लाख ग्रस विजनेस गरेको छ। आमिर खानको पिके र सलमानकै बजरंगी भाईजानपछिको सर्वाधिक कलेक्शनको रेकर्ड ‘सुल्तान’ले बलिउडमा राखेको हो ।
भारतको नेट विजनेस हालम्म २ सय ९० करोड ३५ लाख पुग्दा सलमान र अनुष्का शर्मा स्टारर फिल्मले ३ सय करोड क्लबमा प्रवेश गर्नसक्ने अनुमानलाई फिल्म पण्डितहरुले जिवितै बोलेका छन् ।
फिल्मको विजनेस ३ सय करोड क्लबमा प्रवेश गर्न सकेको खण्डमा गर्दा २ फिल्मलाइ ३ सय करोड क्लबमा पुर्याउने सलमान पहिलो स्टार हुनेछन् ।

Leave a Reply

%d bloggers like this: