Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
भदौ १७ रिलिज फिल्म फिल्म ‘ब्रासलेट’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बर्षौपछि अमेरिका बसाईबाट नेपाल फर्केर पर्दामा पुनरागमन गरेका अभिनेता रमेश उप्रेतीको कमब्याक भनिएको छ ।
प्रेम, द्वन्द्व र रोदनको समिश्रण १ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा मुख्यतः उप्रेतीसँगै लिड अभिनेत्री रजनी केसी फिचरिङमा छन् ।
हाँस्य कलाकार निर्मल शर्माले फिल्मलाई निर्देशन गरेका हुन् । ‘चकलेट’ पछि ठुलोपर्दाको फिल्ममा शर्माको यो दोश्रो निर्देशन हो ।
केशव भट्टराईको निर्माणमा बनेको फिल्मका केहि गीत यसअघि नै रिलिज भईसकेका छन् ।
फिल्मको प्रदर्शनमा रोचक कुरा के छ भने उनै रजनी केसी स्टारर अर्को फिल्म ‘लालजोडी’ पनि सोहि मितिमा भिड्दैछ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: