Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
महानायक राजेश हमालको महिला अबतार समावेश फिल्म ‘शकुन्तला’को तीज गीतको भिडियो सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गीतमा हमालले रातो साडी लगाएर छोटो तर मिठो नृत्य प्रस्तुत गरेका छन् ।
गीतमा हमालसँगै अभिनेता किशोर खतिवडा, शंकर बिसी, स्मृति श्रेष्ठ फिचरिङमा छन् । एकनारायण भण्डारीको शब्द तथा संगीत समावेश गीतमा स्वर जीवन परियार र केशु गुरुङको छ ।
दिनेश श्रेष्ठको निर्देशन रहेको फिल्मलाई आशाको रुपमा हेरिएको छ । फिल्म भदौ १० बाट दर्शक माझ आउँदैछ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: