Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
वलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘सुल्तान’ले घरेलु वक्सअफिसमा २ सय प्रतिशत नाफाको विजनेस गरेको छ ।
प्रदर्शनको तेश्रो हप्ता चलिरहँदा पनि हलमा दर्शकको साथ पाईरहेको फिल्मले नाफाको विजनेसलाई दिनहुँ फराकिलो पार्दै अघि बढेको छ ।
९० करोडको निर्माण लागतमा तयार अलि अब्बास जफार निर्देशित स्पोर्ट्स ड्रामाले हालसम्म २ सय ७० करोड माथीको बिजनेस गरिसकेको छ ।
कुल विजनेसमा नाफा हिसाब गर्दा २ सय प्रतिशत माथी हुन आउँछ ।
फिल्मले ३ सय करोड विजनेस आँकडा छुनसक्ने अनुमान वलिउड पण्डितहरुले लगाएका छन् । फिल्ममा सलमानसँगै अनुष्का शर्मा लिड रोलमा छिन् ।

Leave a Reply

%d bloggers like this: