Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
japanese singer and dharmendra sewan
जापानकी चर्चित गायिका सुजुकी नाओमीले बिहिबार काठमाण्डौ गुञ्जाउने भएकी छिन् । बुधबार राजधानीका पत्रकार भेटघाट गर्दै कार्यक्रमको तयारी सम्पन्न भएको जानकारी गराईयो ।
व्यवस्थापिकाका सांसद तथा नेपाल विधार्थी संघ अध्यक्ष रण्जित कर्णको संयोजनमा कार्यक्रम हुन लागेको हो । Be Smile for The Nepal Bright Future’ नाम दिईएको कार्यक्रम ‘पुर्णतः भूकम्प प्रभावित वालवालिका तथा विधार्थीहरुको सहयोगको लागी केन्द्रित हुनेछ’, कार्यक्रममा कर्णले भने ।
japanese singer in nepal
त्यस्तै कर्णले भुकम्पपछिको एक वर्ष बितिसक्दा पनि सरकारी स्तरबाट आवश्यक सहयोग नपुगेको भन्दै भोलीका देशमा भविष्य रहेका विधार्थीहरुको लागी कार्यक्रम गर्न लागेको बोले । आफु राजनीतिक वृत्तको व्याक्ति भएपनि आर्थिक पार्जनको लागी तथा आम नागरिकहरु बीच आत्मियता बढाउने काम संगीतले गर्ने भन्दै यो प्रकारको कार्यक्रमको लागी अग्रसर भएको उनको भनाई छ ।
राजधानीको आर्मी अफिसर्स क्लबमा साँझ साढे ५ बजेपछि सुरु हुने कार्यक्रममा जापानिक गायिकाले आफ्ना ओरोजिनल जापानिज गीत, अंग्रेजी गीत तथा नेपाली गायक धर्मेन्द्र सेवानसँग संयुक्त रुपमा ‘रेशम फिरिरि’ गीत गाउनेछिन् । कार्यक्रममा बोल्दै नेपाली ताराको पहिलो सिजनमा फर्स्ट रनरअप धर्बेन्द्रले पहिलो पटक विदेशी गायिकासँग स्टेज सेयर गर्न पाएकोमा खुशी व्यक्त गरे ।
पत्रकार सम्मेलनमा गायिका सुजुकीले नेपाल र यहाँका मानिसबाट प्रभावित भएको बताईन् । उनले भूकम्प पीडीतको घाउमा मल्हम लगाउन पाउँदा निकै खुशी लागेको बताईन् ।
कार्यक्रमको आयोजक जापानिज ल्यांगवेज सेन्टर हो । जापानको तर्फबाट कार्यक्रमको व्यवस्थापनको तथा गायिका नेपाल ल्याउने जिम्मा लिएका ताकाहासी केईचीले भुकम्पको ठूलो मारमा परिसकेको जापानमा नागरिक र नेपालीको पीडा एकै भएकोले सांगितिक कार्यक्रमबाट सहयोगको लागी अघि बढेको प्रतिक्रिया दिए ।

%d bloggers like this: