Fri. Apr 26th, 2024

मनोरंजन संसार डटकम
bhup-narayan-chaudhary
अहिले नेपाली सांगीतिक बजारमा एउटा नाम निकै अगाडी सर्न सफल रहेको छ त्यो नाम हो भूप नारायण चौधरी हो | “यो माया को कस्तो चाला” बोलको गीतबाट पहिलो पल्ट नेपाली सांगीतिक आकाशमा पाइला राखेका उनि अहिले सबैको मनमा बस्न सफल भएका छन् | नवलपरासीबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका उनि अहिले देशको कुनाकुनाको दर्शकहरुको मनमा बस्न सफल भएका छन् | आफ्नो मेहेनतलाई दर्शकहरुले सम्मान गरि मनपराई दिनुभएकोमा सम्पूर्ण दर्शकहरुलाई मनबाट आभार प्रकट गर्न चाहेको कुरा पनि उनले उल्लेख गरेका छन् | आफुलाई दर्शकहरुले दिएको मायाको सधै कदर गरि अझै राम्रो राम्रो गीतहरु दर्शकहरुलाई प्रस्तुत गर्ने विश्वास पनि उनले ब्यक्त गरेका छन् |
bhup-narayan-chaudhary
उनको “यो माया को चाला” बोलको गीत अहिले युटुबमा निकै नै चर्चामा रहेको छ | यस गीतमा शब्द संगीत लोक जी मिजारको रहेको छ भने भूप नारायण चौधरीले यसमा आफ्नो सुमधुर स्वर भरेका छन् |
हेर्नुस गीत:

%d bloggers like this: