Sat. Apr 20th, 2024

मनोरंजन संसार डटकम
gajalu-hall-crowd
जेठ २८ बाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शन आरम्भ गरेको चलचित्र “गाजलु” ले पहिलो हफ्ता सर्भादिक रुपमा सफल रही दोस्रो हप्तामा प्रवेश गरेको छ | अहिले पनि चलचित्र धेरै जसो ठाउमा चलचित्र “गाजलु” हाउसफुल शो मै चलिरहेको अवस्था रहेको छ |
रोहित अधिकारीको निर्माणमा हेमराज बिसी निर्देशित फिल्मले प्रदर्शनको हप्ता साढे २ करोडको आसपास विजनेस गरेको छ । वितरण कम्पनि तथा हल सञ्चालकबाट प्राप्त विवरण अनुसार फिल्मको पहिलो साताको कमाई २ करोड ४१ लाख छ ।
फिल्मले राजधानीबाट १ करोड ३३ लाख र मोफसलबाट १ करोड ८ लाखको विजनेस गरेको छ । नेपालबाटै लगानी रिकभर गर्न फिल्मले अझै ६० लाख आसपासको विजनेस गर्नुपर्नेछ ।
अन्य ठुलो फिल्म प्रतिस्पर्धामा नरहँदा यो हप्ताको पहिलो तीन दिनमा उक्त कलेक्सन कभर गर्ने निर्माता रोहित अधिकारी दाबी गर्छन् । तर ओभरसिज प्रदर्शन अधिकारिक विक्रीबाट भने फिल्मले लगानी सुरक्षित गरिसकेको छ ।
५० बढि सिङगल स्कृनमा प्रदर्शनरत फिल्मले दोश्रो हप्तामा जाँदा मल्टिप्लेक्स अन्तर्गत राजधानीको ‘क्युएफएक्स’मा आठ शो र विग सिनेमामा ४ शो पाएको छ ।
सृष्टि र अनमोलसँगै सलोन बस्नेत, मेनका प्रधान, गौरव पहारी, गौरी मल्ल, कृष्ण मल्ल लगायत अभिनयमा रहेको फिल्म नेपालसँगै अष्ट्रेलियामा समेत रिलिज भईसकेको छ भने विदेशका विभिन्न शहरमा प्रदर्शनको क्रममा छ ।

%d bloggers like this: