Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
सबैको सर्भादिक पर्खाइमा रहेको चलचित्र “चपली हाइट २” को टिजर सार्वजनिक भएको छ | युट्युवमा सार्वजनिक टिजरमा कलाकारहरु सिधा प्रस्तुत छैनन् । फिल्मको सार्वजनिक पहिलो भिडियो सामग्रीमा चपली हाईट मार्गमा दुई कार पासिङ भएको मात्र दृश्य समावेश छ ।
दिपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलर भने असार १६ मा रिलिज गर्ने तयारीमा निर्माण टिम जुटेको श्रोत बताउँछ । अहिले पोष्ट प्रोडक्शनको क्रममा रहेको फिल्मलाई भदौ ३ मा रिलिज गरिने यसअघि नै घोषणा गरिसकिएको छ ।
आयुष्मान देशराज श्रेष्ठ, परमिता राना र मरिष्का पोखरेल लिड रोलमा रहेको फिल्मलाई अर्जुनकुमारले निर्माण गरेका हुन् ।
हेर्नुस टिजर:

%d bloggers like this: