Fri. Apr 26th, 2024

फिल्म बनाउन लाग्दा थुप्रै निर्माता सडकको बास हुन परेको घटना त हामीले सुनेकै छौ । तर फिल्ममा हिरो हिरोईन बन्न खोज्दा आफै माग्ने बनेको घटना भने सायदै सुन्नु र देख्न पाउनुभएको छैन होला । तर यहाँ तपाईलाई हामी यस्तो भिडियो देखाउदैछौ,जहा हिरो हिरोईनको फिल्मी यात्रा देखी माग्ने बनेकोसम्मको घटना छ ।
तर यो रियलमा नभई रिल मा काल्पनिक दृश्य,त्यो पनि मनोरञ्जनका लागी मात्र बनाईएको हो । हट मोडलको रुपमा परिचित चन्दा दाहाल र विन्दास गफका सञ्चालक चिरञ्जिवी सापकोटा अभिनित ‘के म ह्याण्डसम छैन र?’ को भिडियो सार्वजानिक गरिएको छ । रोईला भाकामा बनेको भिडियोमा अरविन्द्र भट्टराई र सन्ध्या बुढा पनि देखिएका छन ।
घर नि बेच्छु,खेत नि बेच्छु,फिल्मलाईनमा छिर्छु,फिल्मबाटै आको पैसा लाको रिन तिर्छु जस्ता शब्दले सुसज्जित गितका हरेक शब्द अन्तरा रोचक हुनुका साथै भिडियो पनि हेरेपछि एक न एकपटक दिल खोलेर हसाउने खालको बनेको छ । खासगरि हट मोडलको रुपमा परिचित चन्दा दाहालले पहिलोपटक कमेडी भिडियो गरेकी हुन ।
भिडियोमा चन्दाको सुन्दरतासंगै कमेडी पनि गज्जबको देखिएको छ । फिल्म क्षेत्र नबुझि फिल्म बनाउन खोज्ने र फिल्मको नकारात्मक भुत चढ्दा कस्तो परिणाम आउछ भिडियोले मज्जैले छर्लङ्ग पारेको छ । ‘के म ह्याण्डसम छैन र?’ भित्र फिल्म निर्माण गर्दा र खेल्दाको रोचक दृष्यले तपाईलाइृ भरपुर मनोरञ्जन दिन सक्दछ ।

Leave a Reply

%d bloggers like this: