Fri. Mar 29th, 2024

काठमाडौं । लोकदोहोरी गायक कमल बि.सी.माल्दाई र गायिका सिता बोहराको आवाजमा यसबर्षको नयाँ तीज गीत (झुम्का लाउली..) सार्वजनिक भएको छ ।
उक्त गीत गायिका सिता बोहराको पहिलो एल्बमको रुपमा बजारमा आएको हो । बागेश्वरी म्युजिकमार्फत बजारमा आएको उक्त गीतमा गायक बिसीकै शब्द,संगीत रहेको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फ सार्वजनिक भएको उक्त गीत अपलोड भएको छोटो अवधिमा धेरैले रुचाएका छन ।
आफ्नो यो पहिलो तीज गीत सुन्दा वित्तिकै नाचम् नाचम् लाग्ने खालको बनेकाले गीत सबैले रुचाउनेमा आफु ढुक्क रहेको गायिका सीता बोहराले बताउनुभयो । युट्युबमा गीत सार्वजनिक भएदेखि सबैतिरबाट आफुलाई गीतको राम्रो प्रतिकृया आईरहेको गायिका बोहराले बताउनुभयो ।
गीतको म्युजिक भिडियोमा बाल कलाकारहरुलाई पनि प्रस्तुत गरिएकाले म्युजिक भिडियो फरक खालको बनेको गायक बि.सी.ले बताउनुभयो । भिडियोमा बाल कलाकारहरुको नुत्यको सबैतिरबाट प्रशंशा भएको छ । शंकर बि.सी.को निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा स्वयम शंकर बि.सी., सिता बोहराका साथै बाल कलाकारहरु बैभव अधिकारी र रक्षा कंडेलले नृत्य गरेका छन् ।
गीत अनुसारको म्युजिक भिडियो समेत छमछमी नचाउने खालको बनेको निर्देशक तथा मोडल शंकर बि.सी.ले बताउनुभयो ।

Leave a Reply

%d bloggers like this: