नेपाली फिल्म हेर्ने दर्शक बढे
काठमाडौं, वैशाख १३ । नेपाली फिल्मका लागि नयाँ वर्ष शुभ देखिएको छ । ‘नाइँ नभन्नु ल–२’ले तताएको फिल्म बजारको पारो उकालो लाग्ने क्रम निरन्तर छ । शुक्रवार रिलिज फिल्म ‘नोभेम्बर रेन’ र ‘कबड्डी’ दुइटै फिल्मले दर्शक पाएका छन् । शुक्रवार हाउसफुल चलेका शोहरु शनिवार पनि उत्तिकै चलिरहेका छन् ।
यसअघि एकैचोटी रिलिज दुइटा फिल्मले राम्रो ब्यापार गर्न सकेका थिएनन् । पहिलोपल्ट दुइटै फिल्मले सँगै व्यवसायिक सफलता हासिुल गर्ने संभावना देखिएको हो ।