Tue. Apr 16th, 2024

काठमाडौं, ११ बैशाख । नेपाली चलचित्र ‘नोभेम्बर रेन’ शुक्रबारबाट देशव्यापी रिलिज हुँदै छ । चलचित्र ‘आईएम सरी’ को सफलतापश्चात निर्देशक दिनेश राउतले दर्शकका लागि ‘नोभेम्बर रेन’ ल्याएका छन् । 

सात वर्षदेखि चलचित्र अभिनयमा व्यस्त रहेका आर्यन सिग्देल ‘नोभेम्बर रेन’मार्फत निर्माता रुपमा रजतपटमा देखिँदैछन् । यस चलचित्रमा मुख्य निर्माता सुवास गिरी हुन् । निर्देशक राउतका अनुसार ‘नोभेम्बर रेन’ राजधानीका मुख्य मल्टिप्लेक्स हलसहित १७ ओटा सिनेमा घरमा आउने भएको छ । यस्तै, मोफसलका मुख्य स्टेशनसहित मुलुकका ३५ ओटा सिनेमा घरमा यो चलचित्र रिलिज हुँदै छ ।


‘नोभेम्बर रेन’बारे निर्देशक राउतले भने, ‘ंस्वच्छ सफा, सरल र मनलाई छुने चलचित्र हो नोभेम्बर रेन । बेमौसमी झरीले ल्याएको उतार चढाब यो चलचित्र ।’ निर्देशक दिनेश राउतले संसारमा मानिस प्रेमविना बाँच्न नसक्ने बताउँदै यदी कसैले प्रेमको अनुभूति गर्न सक्छ भने उसको भोगाई चलचित्रको शिर्षक नोभेम्बर रेनजस्तै आँसुको झरी पर्ने बताए । उनको आफ्नो चलचित्र मसलेदार नभएको कथन निर्देशक छ । उनले भने, ‘बरु नोभेम्बर रेन मनदार सिनेमा भएको बनेको छ ।’ दर्शकको मनको गहिराईमा बस्ने चलचित्र भएको दावी गर्दै राउतले भने, ‘मायाँमा धेरैले आफन्तलाई गुमाएको हुन्छ । अनायसै प्रेममा गुमेका आफन्तको मायाँमा डुब्ने हो भने नोभेम्बर रेनले पक्कै तपाईहरुलाई त्यो मिठास अनुभूति दिलाउने छ ।’
मंसिरमा पानी पर्नु भनेको एउटा संयोग हो । मंसिरमा परेको पानीमा पक्कै पनि जो कोही भिज्नबाट बच्न खोज्छ । तर मसिरे झरीमा झिजेर नशा–नशामा मायाँको अनूभूत गर्ने नेपाली समाजका तन्नेरीको कथा आफ्नो चलचित्रमाभएको निर्देशक राउतले दावी गरेका छन् ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन तथा ताराप्रकाश लिम्बुको संगीत छ । छेतेन गुरुङको आलेखले दर्शकको मन र मस्तिकलाई सम्मोहित गर्ने निर्माणपक्षको भनाइ छ । अभिनेता तथा निर्माता सिग्देलसँगै यस चलचित्रमा नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, महेश त्रिपाठीलगायतका कलाकारको अभिनय छ । छुल्ठिम यसै चलचित्रमार्फत नायिकामा डेब्यु गर्न लागेकी हुन् ।

%d bloggers like this: