Thu. Apr 25th, 2024

काठमाडौँ, बैशाख ८। के एस फिल्म्सको ब्यानरमा बनेको फिल्म ”अनौठो प्रेम कथा” अब प्रदर्शनमा आउने भएको छ ।नवनिर्देशक कन्चन शाहीले निर्देशन गरेको फिल्म असार २० गते प्रदर्शनमा आउने भएको हो।
शाही बिगत लामो समय देखि बिज्ञापन निर्देशनमा संलग्न थिए । उनले ठुला मल्टिनेश्नल कम्पनीका झन्डै एक सय भन्दा धेरै बिज्ञापन बनाएर चर्चा कमाईसकेका छन । यहि अनुभवलाई संगालेर उनले अनौठो प्रेम कथा बनाएका हुन् ।
फिल्ममा यसघि मिस्टर म्यान हन्ट बिजेता बनेका निरन्जन थापाले अभिनयमा डेबू गर्दैछन । सुष्मा अधिकारी, सन्तोष ओली ,सपना ताम्राकार कन्चन शाही लगायतको फिल्ममा मुख्य अभिनय रहेको छ । शर्मिला शाही अनि पुष्प राज शाही को फिल्ममा निर्माण रहेको छ।
सुरेश अधिकारी अनि प्रविन डंगोलको संयुक्त संगीत रहेको फिल्मलाई दिपेन्द्र थपलियाले खिचेका हुन् । फिल्मले माया पबित्र हुन्छ अनि मायामा कुन हदसम्म त्याग गर्न सक्नुपर्छ भन्ने सन्देश दिने निर्देशक शाही बताउछन ।प्राबिधिक रुपमा फिल्म निकै राम्रो बनेको अनि कथाबस्तुका कारनले पनि आफ्नो फिल्म सफल हुनेमा आफु आशाबादी रहेको नवनिर्देशक शाहीले थपे ।

%d bloggers like this: