Thu. Apr 25th, 2024

लस एन्जलस, ८ बैशाख (एजेन्सी) । हलिउड गायिका तथा अभिनेत्री निन्ड्से लोहानले गर्भपतन गराएकी छन् । ओपरा विन्फ्रेको रियलिटी शो ‘लिन्डसे’ मार्फत अभिनेत्री लिन्डसेले आफ्नो गर्भपतनबारे खुलासा गरेकी हुन् । तर, गर्भपात गरिएको बच्चाको बाबुबारे भने केही बताएकी छ्रनन् ।
लिन्ड्सेले शोको फाइनलमा आफ्नो गर्भपात भएको बताएकी थिइन् । गर्भपापछि उनी केही साता विदामा बसेको समेत बताइन् । आफ्नो गर्भपतनबारे कसैलाई थाहा नभएको र कसैले चासोसमेत नलिएको लिन्ड्सेले बताइन् । यसो भनिरहँदा लिन्डसे निकै दुःखी देखिन्थिइन् । उनी भन्दैथिइन्, ‘अन्ततः आफ्नो दुखद कुरा आफैले खुलासा गर्नुप¥यो ।’ जतिखेर सोमा सहभागी भइरहँदा आफ्नो हालत ठिक नभएको समेत बतायन् ।  ‘म निकै बिमारी थिएँ’ लिन्ड्सेले भनिन्, ‘कार्यक्रममा हुँदा मेरो हालत एकदमै खराब थियो । जब टीभीमा शोको सीरिजमा देखिएँ, तब मलाई थाहा भयो । त्यो आफ्नै हालत देखेर म बेस्सरी रुएँ ।’ आफ्नो गर्भपतनबारे दुःखका साथ सुनाए पनि उनले बच्चाको बाबुको विषयमा केही बताउन चाहिनन् । उनले कति महिनाको बच्चा पेटमा थियो भन्नेसमेत बताएकी छैनन् ।

%d bloggers like this: