लामो समयदेखि डेटिङमा मग्न जोडी फिल्मकर्मी आदित्य चोपडा र रानी मुखर्जीले विवाह गरेका छन् । सोमवार इटलीको एउटा शहरमा उनीहरुले औपचारिक रुपमा विवाह गरेका हुन् । रानीले सामाजिक सञ्जालमा आफ्नो विवाह बारे प्रष्ट्याएकी छिन् । उनले लेखेकी छिन्, ‘मेरो जीवनको सबैभन्दा सुखद् दिनको बारेमा मैले जानकारी नगराइ रहन सकिनँ । मलाई चाहनेले लामो समय धैर्य गरेका थिए । त्यो धैर्यता आज सकिएको छ ।’ रानीका र आदित्यका आफन्तहरुको उपस्थितिमा विवाह सम्पन्न भएको थियो । विवाह गर्दै गर्दा केही समयअघि मात्रै दिवंगत भएका यश चोपडालाई सम्झिएको बताएकी छिन् । यशको अन्तिम समयसम्म रानी सँगै थिइन् । उनले उक्त खुशीको अवसरमा ‘यश अंकल’लाई सम्झिएको बताउँदै उनको साथ र आर्शिवाद आफूसँग रहेको उल्लेख गरेकी छिन् ।
रानी र आदित्यले गरे विवाह
Byadmin
Apr 22, 2014Related Post
पिजी सर्टिफिकेटसहित सेन्सर पास भयो ‘जम्प’
Dec 8, 2023
महेश र सृष्टीको ‘११ः५५’ निर्माण घोषणा
Dec 8, 2023
‘दुई कदम’को ट्रेलरमा इओन र सिमोनको नोकझोंक
Dec 6, 2023