Sat. Apr 20th, 2024

काठमाडौं, वैशाख ८ । बिदेशी सेनामा जागिर खाने नेपाली लाहुरेले परिवारलाइ समय दिन नसक्दाको पीडा छुट्टै हुन्छ । यस्तो पीडा अब म्युजिक भिडियोमा देख्न पाईने भएको छ ।
डिजाईजी नवराज सिलवालले यस्तै पीडा समेटेर लेखेको गीत ‘अरुले लाहुरे भने पनि तिमीले पराई नठानी दिनु…’को म्युजिक भिडियोमा अब लाहुरेको पीडा देख्न पाईने भएको छ ।
यो पीडालाई चलचित्र निर्देशक एवँ सञ्चारकर्मी डब्बु क्षत्रीले म्युजिक भिडियोमा उतारेका हुन् । जसलाई शनिबार छायाँकन गरियो ।
शुरेश अधिकारीको सँगीत रहेको यो कर्णप्रिय गीतमा मोहन राईको स्वर रहेको छ । म्युजिक भिडियोमा विमलेश अधिकारी, सारिका घिमिरे र कुमार सिंह महर्जनले मोडलिङ गरेका छन् ।
जसलाई बिदूर पाण्डेले छायाँकन गरेका हुन् । प्रकाश तुलाधरले सम्पादन गरिरहेको यो भिडियो भिडियो बैशाखको दोस्रो साताबाटै नेपाली टेलिभिजन च्यानलबाट रिलिज गर्ने निर्देशक क्षत्रीले बताएका छन् ।
dabbu music vidio

%d bloggers like this: