Fri. Mar 29th, 2024

काठमाडौं वैशाख १२ ।शुक्रवार बिहान काठमाडौंको वसन्तपुरमा गायक राजेशपायल राईको एकल शो थियो । गीत पनि एउटा मात्रै बारम्बार दोहो¥याइरहेका थिए, ‘यसैले पढ्न लेख्न सिकायो, यसैले अघि बढ्न सिकायो, मेरो काठमाडौं, प्यारो नेपाल’ आशयको । ड्रमर, गिटारिस्टलगायतका म्युजिसियन पनि सँगै भएकाले त्यहाँ भेलाजम्मा भएका र ओहोरदोहोर गर्नेले राजेशपायलको एकल लाइभ शो रहेको बुझे । त्यहाँ घुम्न आएका पर्यटक नेपालको झन्डा लिएर नाँचे । तर, राजेशपायल गीत गाइरहेका थिएनन्, गीत गाइरहेको अभिनय मात्रै गरिरहेका थिए ।
फिल्म ‘साइकल’मा रहेको देशभक्तिपूर्ण गीतमा उनी फिचर भएका छन् । रक गायकका रुपमा उनले कन्सर्टमा उक्त गीत गाइरहेको दृष्य फिल्ममा समेटिने भएको छ । फिल्मको गीतमा स्वर भरेका राजेश उत्तः गीतमा मात्रै देखिने छन् । फिल्ममा विक्की मल्ल, ममता लुईटेल, दिनेश डि सि, आनन्द पुन, हर्षिका श्रेष्ठ, विश्वराम खड्का, रामचन्द्र अधिकारी, उत्तम केसी आदि कलाकारहरुले अभिनय गरिरहेका छन् । संगीतकार राजेन्द्र श्रेष्ठद्वारा निर्मित फिल्मका निर्देशक शिव घिमिरे हुन ।
DSC02782 DSC02764 DSC02766 DSC02769 DSC02772 DSC02774 DSC02777 DSC02778 DSC02779 DSC02781

%d bloggers like this: