Thu. Apr 18th, 2024

काठमाडौँ बैशाख, १०। एस ईन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्म‘थ्री रुम पार्टनर’को मंगलबार निर्माण घोषणा गरियो ।
मौसम कार्कीको प्रस्तुतिमा एडी उज्जल ले निर्माणगर्ने यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्ने छन् ।
होस्टलमा बस्ने ३ यूवक र उनीहरुको कथा ,व्यवहार प्रवृत्तीलाई फिल्ममा देखाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।काठमाडौँ ,सर्लाही र चितवन लगायतका स्थानमा शुटिंग हुने फिल्मलाई हरिनारायण चौधरीले खिच्दैछन् ।
फिल्ममा मौसम कार्की, रचना लामा, एडी उज्जल, ओम क्षेत्री लगायतक नव कलाकारहरुको अभिनय रहनेछ । फिल्मका मुख्य निर्माता एबम नब कलाकार मौसम कार्की लामो समय देखि स्टेज कार्यक्रममा संलग्न थिए। उनले आफुले पहिलो पटक खेल्न लागेको फिल्ममा मेहनतका साथ कम गर्ने र सक्दो राम्रो बनाउन कोसिस गर्ने बताए ।
फिल्म थ्रीलर र कमेडी लाभ स्टोरी बिषयमा बनाउन लागिएको निर्देशक सुनारले जानकारी दिए । फिल्मको शुटिंग जेष्ट दोश्रो सातामा सुरु हुने छ ।

%d bloggers like this: