Thu. Apr 25th, 2024

काठमाडौं, वैशाख १३ । नेपाली फिल्मका लागि नयाँ वर्ष शुभ देखिएको छ । ‘नाइँ नभन्नु ल–२’ले तताएको फिल्म बजारको पारो उकालो लाग्ने क्रम निरन्तर छ । शुक्रवार रिलिज फिल्म ‘नोभेम्बर रेन’ र ‘कबड्डी’ दुइटै फिल्मले दर्शक पाएका छन् । शुक्रवार हाउसफुल चलेका शोहरु शनिवार पनि उत्तिकै चलिरहेका छन् । यसअघि एकैचोटी रिलिज दुइटा फिल्मले राम्रो ब्यापार गर्न सकेका थिएनन् । पहिलोपल्ट दुइटै फिल्मले सँगै व्यवसायिक सफलता हासिुल गर्ने संभावना देखिएको हो ।

फिल्म ‘कबड्डी’ बेरोजगारी, संस्कृति र प्रेमको संगम हो । हास्यरसलाई फिल्ममा बढी उपयोग गरिएको छ । विशेषगरी निश्चित समुदायमा मामाफुपूका छोराछोरीबीच हुने परम्परागत हकदाबीलाई ‘कबड्डी’मा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । त्यसैगरी ‘नाभेम्बर रेन’ त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बनाइएको छ । युवा मनहरूको मिलन, प्रेम र वियोगलाई प्रस्तुत गरिएको छ ।
रामबाबु निर्देशित ‘कबड्डी’मा बस्नेतसँगै दयाहाङ राई, रिश्मा गुरुङ, राजन खतिवडा, विजय बराल, बुद्धि तामाङ, अरुणा कार्की, पशुपति राई, कविता आलेलगायत कलाकारले अभिनय गरेका छन् । दिनेश राउत निर्देशित ‘नोभम्बर रेन’मा आर्यनसँगै नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङले मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्मका निर्माता आर्यन सिग्देल र सुवास गिरी हुन् ।

%d bloggers like this: