Sat. Apr 27th, 2024

एजेन्सी । फुटबलको सर्वोच्च नियामक संस्था फिफाले विश्वकप फुटबलको ढाँचामा परिवर्तनको तयारी थालेको छ । फिफाले अहिले प्रत्येक चार वर्षमा हुने विश्वकप फुटबलको ढाँचामा परिवर्तन गर्दै प्रत्येक २ वर्षमा सञ्चालन गर्नेबारे तयारी सुरू गरेको छ ।
फिफाको वार्षिक अधिवेशनमा साउदी अरेबियन फुटबल एसोसियसनले प्रत्येक २ वर्षमा विश्वकप फुटबल आयोजना गर्ने प्रस्ताव पठाएको हो । यसमा फिफा सकारात्मक देखिएको छ । फिफाले महिला फुटबल पनि प्रत्येक २ वर्षमा आयोजना गर्ने तर्फ अध्ययन सुरू गरेको छ ।
अहिले उक्त प्रस्तावमाथि अध्ययन सुरू भएसँगै फिफाले विश्वकप छनाैटका लागि कस्तो मोडल अबलम्बन गर्न सकिन्छ भन्ने समेत अध्ययन सुरू गरेको बिबिसीमा उल्लेख छ । फिफाले फुटबलमा हुने प्रतियोगिता र व्यवसायिकताको पनि विस्तृत अध्ययन गरेर यसबारे निर्णय लिन सकिने बताएको छ । त्यस्तै, साउदीको फुटबल संघले भने पुरानो नियममा परिष्कृत हुनुपर्ने मत राखेको छ ।
फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोले यो प्रस्तावलाई ‘प्रष्ट र विस्तृत’को संज्ञा दिएका छन् । फिफा आबद्ध रहेका कुल १६६ मध्ये १४४ देशले प्रत्येक २ वर्षमा विश्वकप गर्ने पक्षमा मतदान गरेको पनि बताइएको छ ।
२२ वटा देशले भने विश्वकप पुरानै ढाँचामा हुनुपर्ने पक्षमा भोट गरेका छन् ।
पुरूष विश्वकप फुटबल सरूवाती दिनदेखि नै प्रत्येक चार वर्षमा आयोजना भइरहेको छ । सन् १९३० मा पहिलो पटक विश्वकप फुटबल आयोजना गरिएको थियो । तर, १९४६ मा भने दोश्रो विश्वयुद्धका कारण यो प्रतियोगिता रद्द हुन पुग्यो ।
त्यस्तै, सन् १९९१ बाट सुरू भएको महिला विश्वकप फुटबल पनि प्रत्येक चार-चार वर्षमा नै आयोजना भइरहेको छ ।
फिफा विश्वकप प्रत्येक २ वर्षमा आयोजा गर्दा केही अन्तर्राष्ट्रिय प्रतियोगिताहरू जस्तै कोपो अमेरिका र युरोपियन च्याम्पियनसिपमा प्रभाव पर्ने संभावना रहेको फुटबल विज्ञहरूले बताएका छन् ।

Leave a Reply

%d bloggers like this: