Sat. Apr 27th, 2024

एजेन्सी । स्पेनिस ला–लिगा फुटबल प्रतियोगिताको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । निर्णायक मानिएको यस सिजनको अन्तिम खेलमा एथलेटिकोले रियल भाल्लाडोलिडलाई २–१ ले हरायो । यही समय अर्को खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २–१ ले हराएपनि एथलेटिकोलाई च्याम्पियन बन्नबाट रोक्न सकेन ।
एथलेटिकोले ३८ खेलबाट ८६ अंक बटुल्यो भने दोस्रो स्थानको रियल म्याड्रिडले ८४ अंक बटुल्यो । एथलेटिकोल समग्रमा ला–लिगा उपाधि जितेको यो एघारौं पटक हो । डिएगो सिमोनीको प्रशिक्षणमा यो एथलेटिकोको दोस्रो ला–लिगा उपाधि हो, पछिल्लोपटक २०१४ मा पनि एथलेटिको स्पेनको च्याम्पियन बनेको थियो ।
लिगमा तेस्रो स्थानको बार्सिलोनाको ३८ खेलबाट ७९ अंक जोड्यो । शनिबारै भएको अन्तिम खेलमा उसले इबरलाई १–० ले हरायो ।
यसै सिजन बार्सिलोनाबाट एथलेटिको म्याड्रिडमा आबद्ध भएका लुईस सुआरेज टोलीलाई उपाधि जिताउने क्रममा महत्वपूर्ण साबित भए । खेलको १८ औं मिनेटमा ओस्कार प्लानोले गोल गर्दै भाल्लाडोलिडलाई अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा एन्जेल कोरेराले बराबरी गोल फर्काए । उनले यस सिजन कुल ९ गोल र ७ एसिस्ट गरेका छन् ।
६७ औं मिनेटमा लुईस सुआरेजले एथलोटिकोलाई अग्रता दिलाए । अन्तत यही गोल नै खेलमा निर्णायक बन्यो । जारी सिजनमा यो सुआरेजको २१ औं गोल हो ।
सर्वाधिक गोलकर्ताको सुचीमा उनी बार्सिलोनाका लियोनल मेसी (३० गोल),रियलका करिम बेन्जामा (२३ गोल) र भिल्लारियलका जेरार्ड मोरेनो (२३ गोल) पछि चौथो स्थानमा छन् ।

Leave a Reply

%d bloggers like this: