Fri. Mar 29th, 2024

काठमाडाैँ । स्व.निर्देशक छेतेन गुरुङ्ग निर्देशित फिल्म ‘डमरुको डण्डिवियो’ अव सबैले सित्तैमा सिनेमा घरमा हेर्न पाउने भएका छन् । निषेधाज्ञामा घरमा बसेका दर्शकलाई मनारेञ्जनका साथै समय कटाउन सजिलो होस् भनेर फिल्म सिनेमा घर एपमा सित्तैमा हेर्न पाउने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा अभिनेता खगेन्द्र लामिछाने ,मेनुका प्रधान लगायत कलाकारको मुख्य भुमिका रहेको छ । केहि वर्ष अघि नै हलमा लागेको यस फिल्मलाई सार्वजनिक प्रदर्शनमा भने दर्शकको साथ मिलेको थियो । सिनेमा घर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगायतमा फिल्म हेर्न सकिने कलाकार खगेन्द्रको भनाई छ ।

Leave a Reply

%d bloggers like this: