Fri. Apr 26th, 2024

यतिबेला नेपाली साँगीतिक बजारमा भुटानी गायिका दिपा मोक्तानको चर्चा चुलिएको छ। भुटानमा रहेर पनि नेपाली गीतसंगीतलाई माया गर्ने गायिकाको “सलल बग्ने” बोलको गीत सार्वजनिक भए संगै उनको चर्चा हुन् थालेको हो।
दिपा मोक्तान र निरोज लामाको स्वरमा रहेको गीतलाइ एम एमएस इन्टरटेनमेन्ट नामको युट्युब च्यानलले सार्वजनिक गरेको हो।
खड्क भट्टराईको शब्दलाई निरोज लामाले संगीत तथा संगीत संयोजन गरेका हुन् भने ए वान स्टुडियोमा यो गीत रेकर्ड भएको हो। सार्वजनिक भएको छोटो समयमै हजारौ दर्शक स्रोताले मन पराई दिएकोमा खुशी ब्यक्त गर्दै संगीतकार निरोज लामा भन्छन भुटानी चेलीको नेपाली संगीतमा भविष्य राम्रो देखिएको छ।
यस्तै गायिका दिपा मोक्तानले पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिंदै जाने बताएको संगीतकार निरोजले जानकारी दिएका छन्।

Leave a Reply

%d bloggers like this: