Fri. Apr 26th, 2024

चर्चित गायक गायिका प्रकाश गुरुङ र मुना थापा मगरको स्वरमा गोरखा सिरानचोकका गुरुङ समुदायको गोरखा सिरानचोक सालैजो गीत सार्वजनिक भएको छ।
लोक साँगीतिक क्षेत्रकै चर्चित यी दुई गायक गायिकाको स्वरमा रहेको यस गीतलाइ प्रकाश गुरुङले नै शब्द संगीत कमल सौरागले संगीत संयोजन गरेका छन।

गोरखा सिरानचोक क्होला आरुबोटगाउँमा समाज घर उद्घाटन संगै छायांकन गरिएको यस गीतको भिडियोमा गुरुङ संस्कृति र रहन-सहन देख्न सकिन्छ।
सन्तोष थापा मगर र सुमित्रा गुरुङ्गको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई दिप गुरुङले निर्देशन गरेका हुन् भने सम्भु चालिसेले छायाँकन गरेका हुन्। सुजन शाहीको सम्पादनमा तैयार यस गीतलाई श्रीनाथ मण्डली नामक युट्युब च्यानलबाट विश्वभर हेर्न सकिन्छ।
गुरुङ र मगर जातीको संस्कृतिमा लोकप्रिय सालैजो गीतहरु हरेक नेपालीले रुचाइने गीतमा पर्ने गर्दछ। यस गीतको म्युजिक भिडियो निर्माण निर्देशक तथा कोरियोग्राफर दिप गुरुङले गरेका हुन्।

Leave a Reply

%d bloggers like this: