Sat. Apr 27th, 2024

काठमाडौं । फिल्म ‘गोपी’मा समावेश गरिएको दोश्रो गीत सार्वजनिक गरिएको छ । माघ १८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्मको ‘तेरो आफ्नो’ बोलको गीत सार्वजनिक गरिएको हो ।
फिल्मको यस गीतमा शिव परियारको स्वर रहेको छ, भने विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत भरेका ाछन् । फिल्मलाई आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण गरेका हुन् ।
त्यस्तै फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्मको यस गीतमा मुख्य कलाकार विपिन कार्कीले गार्इ फार्ममा परिश्रम गरिरहेका दृश्यलाई प्रस्तुत गरिएको छ ।
यो फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: