Sun. Apr 28th, 2024

काठमाडौँ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का एकसाथ एकै सिनेमामा देखिने भएका छन् । फिल्म ‘घामट शेरे’ मा स्वस्तिमा र निश्चल एकसाथ देखिने भएका हुन् ।लुट’बाट चर्चामा आएका निर्देशक बस्नेत पछिल्ला केही बर्षयता अभिनयमा व्यस्त छन् । उनले अभिनय गरेको फिल्महरुले सफल्ता नै पाएको देखिन्छ । फिल्म २ रुपैयाँ व्यावसायिक हिसाबले सफल भयो । त्यस्तै ‘प्रसाद’ ले पनि राम्रो बजार पाएको छ । उक्त फिल्म अझै केही हलमा प्रदर्शन भइरहेको छ ।
त्यस्तै स्वस्तिमा फिल्ममा एकदमै व्यस्त छिन् । एकपछि अर्को गर्दै नयाँ चलचित्रमा काम गरिरहेकी उनी अहिले विकास राज आचार्यको निर्देशन रहेको ‘हजारजुनि सम्म’को छायाङ्कमा व्यस्त छिन् ।
प्राप्त सूचनाअनुसार हेमराज बिसीले निर्देशन गर्ने फिल्म ‘घामट शेरे’ को लागी निश्चल फाइनल भइसके पनि स्वस्तिमासँग मौखिकरुपमा मात्र कुरा भएको छ।

Leave a Reply

%d bloggers like this: