Sat. Apr 27th, 2024

काठमाडाैं ।
 बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले अभिनेता सञ्जय दत्तका पिता सुनिल दत्तले आफ्नो रुपको तारिफ गरेको बताएकी छन् । उनले आफ्नो रुप उनकी श्रीमति नरगिस दत्तको जस्तै भएको बताएकी खुलाएकी हुन् ।
मुम्बईमा फिल्म ‘संजू’को ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारसँग उनले फिल्म ‘बम्बे’को रिलिज ताका सञ्जयका पिता सुनिलले आफूलाई पत्र लेखेको जनाएकी छन् । पत्रमा मनिषा आफ्नी श्रीमति नरगिस दत्तको जस्तै देखिने गरेकोले आफ्नो रुपको तारिफ भएको उल्लेख गरिन् । त्यो पत्र पढे पछि मनिषा खुशीले गद्गद भएकी थिइन् ।
राजकुमार हिरानी निर्देशित फिल्म ‘संजू’ को ट्रेलर सार्वजनिक कार्यक्रममा मनिषासहित अन्य प्रमुख कलाकारको पनि उपस्थिति थियो । कार्यक्रममा मनिषाले आफ्नो नरगिस अनुभव पनि सुनाएकी थिइन् । ‘सुनील दत्तले मलाई एउटा पत्र लेख्नुभएको थियो । जसम म नरगिस दत्त जस्तै देखिन्छु भन्ने उल्लेख थियो ।’ उनले भनिन् ।
फिल्म ‘बम्बे’ मनिषाको सुपरहिट फिल्ममध्ये एक हो । यो फिल्म मुम्बईको दंगामा आधारित छ । उनले सञ्जय आफ्ना लागि राम्रो हृदय भएको साथी बताइन् । फिल्म ‘संजू’ सञ्जयको जीवनीमा फिल्म हो । जसमा रणवीर कपूरले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: