Sat. Apr 27th, 2024

काठमाडाैं । 
फिफा विश्वकप  अाजकाे  १४अाैं  दिनमा रूसमा सुरू हुँदैछ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।
प्रतियाेगितकाे डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप फाइनलमा विजयी गोल गरेका मारिओ गोट्जे स्थान सुरक्षित गर्न असफल भए । त्यसअघि सन् २०१० मा स्पेनले विश्वकप उपाधि हात पारेको थियो । यसपटक पनि स्पेन र जर्मनीलाई युरोपबाट सबैभन्दा बढी सम्भावना बोकेको टोलीको रुपमा हेरिएको छ । युराेपका विभिन्न लिगमा भएका खेल हेर्दा पनि जर्मन र स्पेनका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका  थिए ।
त्यसै गरी दक्षिण अमेरीकाबाट ब्राजिल र अर्जेन्टिनालार्इ  विश्वकपमा कब्जा जमाउन सक्ने राष्ट्रका रूपमा हेरिएकाे छ । यी फुटबलका शक्तिशालि राष्ट्रमा क्रमशः हाल पिएसजीका नेयमार र बार्सिलाेनाका लियाेनल मेसी सम्मिलित रहेका छन् । अझ त्यसमा पनि अर्जेन्टिना २०१४मा ब्राजिलमा सम्पन्न विश्वकपकाे फाइनलिष्ट हाे । अर्जेन्टिनालार्इ फाइनल खेलकाे थप गरिएकाे समयमा जर्मनले १ गाेल गर्दै उपविजेता बनाएकाे थियाे ।
प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ ।
प्रतियोगितामा खेल संचालन गराउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीको सुची पनि सार्वजनिक गरिसकेको छ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुनेछ । भारको लागि विशेष रेफ्रीका रुपमा १३ भार रेफ्रीलाई पनि नियुक्त गरिएको छ ।
प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ । विश्वकपका लागि रसियाली सरकारले १० बिलियन डलर बराबरको बजेट तोकेको छ । जसमध्य आधा बजेट खेल पूर्वाधारको विकासमा खर्चिएको छ । विशेषत आवतजावतका लागि प्रयोग हुने प्लाटफर्म, विमानस्थल लगायतमा सरकारले बढी ध्यान पुर्याएको देखिन्छ ।

Leave a Reply

%d bloggers like this: