Sat. Apr 27th, 2024

काठमाडाैं ।
चोटग्रस्त लिभरपुलका मोहम्मद सालाह तीन सातापछि मैदान फर्कने अपेक्षा गरिएको छ । तीन सातामा उनको पुनरागमन हुन सक्ने इजिप्ट फुटबल संघले जनाएको छ ।
शनिबार रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग फाइनल खेलको दौरान रियलका सर्जियो रामोस ट्याकलबाट लडेर सालाहको काँधमा चोट लागेको थियो । सो खेलमा लिभरपुल ३–१ ले पराजित भएको थियो । उक्त खेलमा आधा घण्टामात्र मैदानमा रहेका सलाहले विश्वकप खेल्ने नखेल्ने विषयमा विश्वव्यापी चर्चा चलिरहेको छ । सलाहको अनुपस्थिति नै लिभरपुलको हारको कारण रहेको पनि विश्लेषकहरुले तर्क राखेका छन् ।
काँधको थप उपचारका लागि सालाह मंगलबार भ्यालेन्सिया पुगेका छन् । जहाँ उनको उपचार इजिप्सियन राष्ट्रिय टोलीका चिकित्सकहरुले गर्नेछन् । इजिप्ट फुटबल संघले ट्विट गर्दै साहाल तीन सातामा ठिक हुने अपेक्षा राखेको छ । इजिप्ट फुटबल संघको अनुसार उनले विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन् ।
जुन १५ मा उरुग्वेविरुद्ध हुने विश्व कपको पहिलो खेलमा सालाह खेल्ने सम्भावना कम छ । तर उनी आयोजक रसियाविरुद्ध हुने समूह चरणको दोस्रो खेलमा भने फर्कने अपेक्षा गरिएको छ । समूह चरणमा सलाहले अन्तिम खेलसम्म पुनरागमन गरेपनि इजिप्टले अर्को चरणमा पुग्ने आशा राखेको छ । सालाहले जारी सिजन लिभरपुलका लागि ४४ गोल गरेका थिए । प्रिमियर लिगमा खेलेको पहिलो सिजनमै ३० गोल पार गरेका सलाह वर्षको उत्कृष्ट खेलाडी पनि चुनिएका थिए । उनि लिगको सर्वाधिक गोलकर्ता पनि भए ।

Leave a Reply

%d bloggers like this: