Sat. Apr 27th, 2024

काठमाडाैं । 
अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ।  विशाल भण्डारी निर्दे्शित कमेडी जनराको चलचित्रलाई राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलियामा प्रदर्शन गर्न लागेको हो ।
राजधानीमा प्रेस मिट गर्दै चलचित्र अस्ट्रेलियामा प्रदर्शन हुने कुराको जानकारी गराइएकाे छ  ।
२००१ मा स्थापित  राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले यस अघि केकी अधिकारी अभिनित चलचित्र ’लब सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो । राईट एण्ड एसोसियट्सले विद्यार्थीहरू लाई एब्रोड़ स्टडीमा पठाउने मात्र नभई अन्य विविध गतिविधिहरू पनि गर्दै आएको छ।
चलचित्रमा केकीका अलावा प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । ‘कोहलपुर एक्सप्रेस’मा अर्जुन पोखरेल,कालीप्रसाद बाँस्कोटा,राजनराज सिवाकोटीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथारसंवाद र भद्र बहादुर शाही,देवीलाल न्यौपाने (पण्डित),शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।

Leave a Reply

%d bloggers like this: