Fri. Apr 26th, 2024

फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलरले २४ घन्टामा नै किर्तिमानी भ्यू पाएको थियो । युट्युबमा रिलिजको २४ घण्टामा साढे ५ लाखभन्दा बढी पटक हेरिएको ‘ए मेरो हजुर-२’ को ट्रेलरले अहिलेसम्म 10 लाख भन्दा बढी  भ्यू पाइसकेको छ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँको केमेष्ट्रीलाई निकै रुचाइएको ट्रेलरले बुधवार नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । मंगलबार साँझसम्म नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा फिल्म ‘छक्का पन्जा २’ को ‘ए दाजु नसमाउ नाडीमा’ बोलको थियो थियो । ‘ए मेरो हजुर-२’ को ट्रेलरले साम्राज्ञी र सलिनमान बिचको प्रेम र विछोडको कथा बोलेको छ ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । भदौ १६ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।  नायिका झरना थापा निर्देशत यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो ।

Leave a Reply

%d bloggers like this: