Thu. May 2nd, 2024

चलचित्र ‘सायद- २’की नायिका स्यारोन श्रेष्ठ र सो चलचित्रका निर्माता तथा नेपाल चलचित्र निर्माता संघका सदस्य सुनिल रावलविच उत्पन्न विवाद सहमतीमा टुङिएको छ ।श्रेष्ठले आफुमाथी रावलले उत्पीडन गरेको आरोप लगाएकी थीइन भने रावलले सो को खण्डन गरेका थिए ।उक्त विवादले नेपाली रंगजगतको वजारमा चर्चा कमाएको थियो ।
आज “नेपाल चलचित्र निर्माता संघ”को रोहावरमा सहमती भएको हो । सहमतीमा भनिएको छ ..
‘चलचित्र सायद २ का निर्माता तथा नेपाल चलचित्र निर्माता संघका सदस्य श्री सुनिल रावल र उक्त सिनेमाकी नायिका श्री स्यारोन श्रेष्ठबीच भएको विवाद तथा स्यारोनले निर्माता उपर लगाएको ह्यारेस्मेन्ट उत्पीडनको लाल्छना सम्बन्धमा दुवै पक्षको पारिवारिक सदस्यहरुको उपस्थिति, चलचित्र निर्माता संघका अध्यक्ष श्री आकाश अधिकारी र चलचित्र कलाकार संघका अध्यक्ष श्री राम केशर वोगटी लगायत सम्बन्धित पक्ष र चलचित्रकर्मीहरुको समुपस्थितिमा आगामी दिनमा दुवै पक्षबाट(सुनिल रावल र स्योरन श्रेष्ठ) एक अर्काको व्यक्तिगत र व्यवसायिक जिवनलाई लिएर दुवै जनाको मानमर्दनमा आचआउने खालके अभिव्यक्ति नदिने र नगर्ने सहमति भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ।

Leave a Reply

%d bloggers like this: