Fri. Apr 26th, 2024

बलिउड कलाकार गुन गुन उप्रेतीले नेपाली चलचित्र  सायद २ हेरिन र हेरी सकेपछी गुन गुनले सयद२ एकदमै मनपरेको र दर्शक हरुलाई पनि हेर्न आग्रह गरिन  नेपाली चलचित्रको उच्च गुणस्तर ले गर्दा नेपाली फिल्म बजार माथि उठेको भन्दै फिल्मको खुलेरै प्रसंसा गरिन   गुन गुनले भारतीय टेली सिरियल कृष्ण ,यशोधा र चन्द्रकान्तामा अभिनय गरिसकी छन् । चलचित्र ‘सायद२’ ले अपेक्षित रुपमा उत्साह जनक ब्यापार  गरेको छ।
प्रायजसो सबै सिनेमा घरहरुमा हाउसफूल भएको ‘सायद २’ लाई दर्शकहरुले निकैनै मनपराएको तथा गीत संगीत र कथा बस्तु अनि त्यसको प्रस्तुतीमा निकै अब्बल देखिएको छ । अहिले सायद २  राजधानीका प्राय सबै मल्टीप्लेक्स र सिंगल थिएटरहरुमा हाउसफूल रहेको र  ‘सायद’ को दर्शक माझ रहेको क्रेजलाई ‘सायद२’ले  कायमनै राखेको छ।करिब २ घण्टा ७ मिनट लामो चलचित्रमा दर्शकको मन एक रोमाञ्चीत ढंगमा अड्याउन सफल चलचित्र ‘सायद२’ मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल लगायतका कलाकारहरुको दमदार अभिनय रहेको छ । देशभरका करिब ७० वटा हलहरुबाट एकै साथ प्रदर्शनमा आएको चलचित्र सुनिल रावल द्धारा निर्मीत चलचित्र हो।

Leave a Reply

%d bloggers like this: