Fri. Apr 26th, 2024

फिल्म ‘प्रेमगीत २’ को स्याड सङ रिलिज भएको छ । ‘नत हाँस्न नै’ बोलको गीतमा एलिश कार्कीको संगीत, मनिषा खड्काको शब्द र सागर संसार राईको स्वर समाबेश छ । गीतमा नायक प्रदीप खड्कालाई नायिका अश्लेषा ठकुरीको यादमा तड्पिएको देख्न सकिन्छ । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
साउन १३ गते रिलिज हुन लागेको यो फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्माणपक्षको भनाई छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: