Wed. May 8th, 2024

साउन १३ गते रिलिज हुन लागको फिल्म ‘प्रेमगीत २’ यूनिटले बागमती सरसफाई अभियानमा पनि हात अगाडि बढाएको छ । केही दिन अगाडि मात्र मोफसलका विभिन्न जिल्लाहरुमा सांगीतिक कन्सर्ट आयोजना गरेको ‘प्रेमगीत २’ टोलीले शनिवार त्रिपुरेश्वर स्थित बागमती नदी किनारामा सरसफाई गरेको छ । बागमती सरसफाई अभियानमा ‘प्रेमगीत २’ का नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी, निर्माता एवं कलाकार सन्तोष सेन, निर्देशक रामशरण पाठक लगायत सहभागी थिए ।
२१८ औं हप्ता चलिरहेको बागमती सफाई अभियानमा ‘प्रेमगीत २’ यूनिटले पनि साथ दिएको हो । बागमती सरसफाई अभियानमा नायिका मनीषा कोइराला, गायिका कोमल ओली, हास्यकलाकार सितारम कट्टेल लगायत पनि सहभागी भएका थिए ।
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।

Leave a Reply

%d bloggers like this: