Fri. Apr 26th, 2024

फिल्म प्रेम गीत -२ ले आफ्नो सम्पूर्ण पोस्ट प्रोडक्सनको काम सकेर अब पब्लिसिटीलाइ तिब्र रुपमा अगाडी बढाउने तयारीमा रहेको छ l गीत ,ट्रेलर सार्बजनिक भए यता दर्शक हरुको उत्साह जनक प्रतिक्रियाले निर्माण पक्षले फिल्म को प्रचार प्रसार लाइ भव्य रुममा प्रस्तुत गर्न लागेको हो l प्रेम गीत -२ ले केहि दिन पछि नेपाल अधिराज्य भरि म्युजिक कन्सर्ट गर्न लागेको छ जसमा ख्याति प्राप्त दर्शकका लोक प्रिय गायक गायिका तथा कलाकारहरु रहने बताइएको छ l
प्रेम गीत-२ को छायांकन नेपालको रारा ताल ,लुम्बिनी ,थाइल्याण्ड देखि लिएर म्यान्मारसम्म को सुन्दर लोकेशनमा गरिएको छ l अन्य फिल्म भन्दा प्रेम गीत-२ मा उत्साहजनक प्रस्तुति छ फिल्मले व्यापार एकदमै राम्रो गर्ने मा कुनै दुबिधा रहदैन भन्नेमा निर्माण पक्ष बिश्वस्त रहेको छ l
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताए । फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् । यो फिल्म साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

%d bloggers like this: