Mon. May 6th, 2024

दर्शकहरुको बहु प्रतिक्षित ,सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको फिल्म ‘कृ’ को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ l लगभग डेढ वर्षपछि नायक अनमोल केसी ठूलो पर्दामा आउँदैछन् । हालैमा निर्माणपक्षले सार्वजनिक गरेको फिल्म ‘कृ’को पोस्टरमा अनमोललाई विल्कुलै फरक लुक्समा देख्न सकिन्छ । पोष्टरमा उनी सिक्स प्याक शरीर सहित देखिएका छन् ।  पोस्टरमा उनले   अनुहारमा क्रोध  , एक्शनमा देखिएका छन् । पोस्टरमा उनको लामो कपाल देख्न सकिन्छ ।
पोस्टर डिजाईनर बिजय बश्यालका अनुसार, अनमोलको फोटोमा कुनै पनि परिवर्तन गरिएको छैन । अनमोलको जस्तो शरीर हो त्यस्तै नै पोस्टरमा उतारिएको उनले बताएका छन् । पोस्टरबाट नै के अनुमान लगाउन सकिन्छ भने ‘कृ’ एक्शनप्रधान फिल्म हो । अनमोलले यो फिल्ममा आफैले स्टन्ट दिएका छन् ।
अहिले पनि यो फिल्मको छायांकन भैरहेको छ । फिल्ममा अनमोलसँग अदिती बुढाथोकीको जोडी बाँधिएको छ । यस्तै, नायक अनुप बिक्रम शाही ‘कृ’मा भिलेनको रुपमा देखिनेछन् ।’कृ’मा अनमोलले अत्यन्तै राम्रो अभिनय गरको निर्देशक सुरेन्द्र पौडेल बताउँछन् । कसैले अपेक्षा गरेभन्दा धेरै गुणा राम्रो अभिनय देख्न पाईने पौडेलको भनाई छ ।
सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको ‘कृ’लाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा बनाएका हुन् भने सह-निर्माताको रुपमा श्री पराजुली छन् । ‘कृ’मा अनमोल, अदिती र अनुपका अलावा कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म ‘कृ’ यसै वर्षको कार्तिक ३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

%d bloggers like this: