Tue. Apr 23rd, 2024

चलचित्र कारखानाको रिलिज डेट नजिकदै गर्दा उक्त फिल्मले पी जी सर्टिफिकेट प्राप्त गरेको छ  फिल्म हेरिसकेपछि सेन्सर बोर्डका सदस्यहरुले राम्रो प्रसंसा गरे भने बिग सिनेमामा गरियको बिशेष प्रदर्शनमा पनि दर्शक ले उत्साह जनक प्रतिक्रिया दिए l फिल्म कारखानाले दर्शक को मन जितनेमा निर्माण पक्ष बिश्वस्त रहेको छ l प्रेमकथामा आधारित सो फिल्ममा दुई लिड कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको प्रेम संघर्ष देख्न सकिन्छ । शुशिल श्रेष्ठ फिल्म होस्टेल रितर्न्स र बर्षा सिवाकोटी फिल्म पशुपति प्रसाद बाट नेपाली फिल्म मा डेव्यु गरेका हुन् l सुशिल र बर्षाका अलवा फिल्ममा नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि मुख्य भूमिका छ भने उक्त फिल्ममा प्रेम, अवरोध र द्धन्द्धको रस मिसाइएको फिल्मको स्वाद पाउन सकिन्छ ‘कारखाना’ मा उठान गरेको कथावस्तु एकदमै स्ट्रोंग रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक अमर दिप सापकोटाले फिल्ममा फरक कथावस्तु उठाएका कारण दर्शकहरुले मनपराउने बताएका छन् । फिल्मलार्इ सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन्। चन्द्र पन्तको द्वन्द्व, अनिल शाही, हर्कुलस बस्नेत र कल्याणको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।फिल्मले दर्शकको मन जित्नेमा आफु ढुक्क भएको निर्माण पक्षले बताएका छन् lअसार १६ गतेलाई प्रदर्शन मिति तय गरिएको छ ।

Leave a Reply

%d bloggers like this: