Fri. Apr 26th, 2024

फिल्म ‘पर्व’ को बुधवार काठमाडौंमा भब्य प्रिमियर शोको आयोजना गरिएको थियो । साँझ ६ बजे बिग मुभिजमा आयोजना गरिएको ‘पर्व’ प्रिमियरमा नायिका नम्रता श्रेष्ठ आकर्षक पहिरनमा उपस्थित भएकी थिइन् ।उनको साथमा प्रेमी दावा शेर्पा पनि थिए । घाँटी र पछाडिको भाग बढी खुलेको खरानी रंगको कपडामा ‘पर्व’ प्रिमियरमा देखिएकी उनलाई आफ्नो पहिरन सम्हाल्न भने निकै गाह्रो परिरहेको देख्न सकिन्थ्यो । हुनत, उनले उक्त पहिरन डिजाइन गर्ने दुई डिजाइनर यूवती साथमै लिएर आएकी थिइन् ।उक्त हट पहिरनमा नम्रता निकै बोल्ड देखिएकी थिइन् । सार्वजनिक कार्यक्रममा जाँदा पनि सिम्पल पहिरनमै पुग्ने नम्रतालाई ‘पर्व’ प्रिमियरमा भने अरुदिन भन्दा विल्कुलै फरक देख्न सकिन्थ्यो । कारण, उनको पहिरन नै थियो । यही शुक्रवारबाट अल नेपाल रिलिज हुन लागेको छ फिल्म ‘पर्व’थ्रिलर कथावस्तुमा आधारित यो फिल्ममा नम्रताले नायक कोशिश क्षेत्रीसँग स्क्रिन शेयर गरेकी छिन् । फिल्ममा समाबेश ‘काले दाई’ बोलको आइटम गीतका कारण फिल्म  निकै चर्चामा रहेको छ ।

Leave a Reply

%d bloggers like this: